काठमाडौं । ‘प्रसाद २’ यूनिट सुटिगंका लागि भनेर स्र्पोटमा पनि पुग्यो । तर कलाकार र निर्माता निर्देशकबिचको लफडाका कारण कलाकारहरुसहितको टोली कास्कीको गाउँमा पुगेर करिब २० दिन बसेर फर्कियो । सबै कुरा सोचेअनुसार भइदिएको भए फिल्म ‘प्रसाद २’ प्रदर्शनमा आइसकेको हुने थियो ।
अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठलै नै अभिनय गर्ने तयारी निर्माण यूनिटले गरिरहेको भए पनि अन्तिम समयमा आएर विपिन र निर्माता सुभाष थापाबीच पारिश्रमिकको विषयमा लफडा उत्पन्न भएपछि छायांकन रोकिएको फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठले अब काम गर्न नभ्याउने भएपछि अहिले विकल्पको रुपमा निर्माण यूूनिटले केकी अधिकारीलई रोजेको छ ।
निर्माता र निर्देशक ऋचा शर्मा, सुरक्षा पन्त हुँदै केकी अधिकारीसम्म पुगेका बेला नम्रता भने आफ्नो अर्को फिल्म ‘ग्रहण’मा काम गर्दैछिन् । नम्रताले ग्रहणसँग सेड्युल जुघ्ने भएपछि उनले सहमतिमै ‘प्रसाद २’बाट हात झिकेकी छन् ।ऋचाले पनि ‘प्रसाद’ टिमलाई नपत्याएपछि नायिका खोज्ने काम भइरहेको छ। यो फिल्मको अफर सुरक्षा पन्तसम्म पनि पुगेको थियो। सुरक्षा पनि फिल्ममा काम गर्न तयार भइनन् ।
पहिलो श्रृंखलामा उनी नै मुख्य भूमिकामा रहेकाले सिक्वेलमा पनि उनी नै दोहोरिनु पर्ने थियो । तर, उनले फिल्ममा काम गर्न नभ्याउने भएपछि अभिनेत्रीको खोजी गर्दै निर्माता र निर्देशक केकी अधिकारीसम्म पुगेका छन् । केकीले आफूलाई ‘प्रसाद २’बाट अफर आएको स्वीकार गर्दै अहिले आँफुले स्क्रिप्ट अध्ययन गरिरहेको बताएकी छिन् । ‘प्रसाद’ जहाँ सकिएको थियो त्यहीँबाट ‘प्रसाद २’को कथा सुरु हुने निर्माण यूनिटले जनाएको छ ।