काठमाडौँ १२ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली सँग भन्दा पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँग आफुलाई धेरै दुख लागेको बताएका छन् ।
आज शनिबार विपक्षी दलको एक कार्यक्रममा सभापति देउवाले मध्यराति ओली सरकारको निणर्यमा सहमति भई ओलीको कार्यकर्ता जस्तो संसद विघटन गरेकाले आपुलाई दुख लागेको बताएका हुन् । ‘राष्ट्रपति ओलीको कार्यकर्ता भइन् । १४९ सांसद आउँदा पनि रातको दुई बजे विघटन गरिन् । केपीसँग भन्दा राष्ट्रपतिसँग दुख लागेको छ’ उनले भने ।
कार्यक्रममा बोल्ने क्रममा देउवाले सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेर आफुलाई प्रधानमन्त्री बनाउन आदेश दिने विश्वास व्यक्त समेत गरेका छन् ।