गायिका निता आचार्यको ‘मनको धोको’ मा सनम र शृष्टिको रोमान्स — OSNepal

गायिका निता आचार्यको ‘मनको धोको’ मा सनम र शृष्टिको रोमान्स

LC (KTM) October 20, 2022 0

काठमाडौं । गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘मनको धोको’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको शब्दरसङ्गीत, देवस राईको सङ्गीत संयोजन र श्याम स्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सन्तोष राजवाहकको निर्देशन तथा कोरियोग्राफ रहेको गीतको भिडियोमा सनम कठायत, शृष्टि खडका र शेजल आचार्यलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो श्रोतारदर्शकमाझ पस्किएका छौ, आशा छ सबैले मन पराइदिनुहुने छ’, गायिका आचार्यले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर