लामो समय पछि काठमाडौंबासीका लागी आयो राहातको खबर, पत्याउनै नसकिने गरी घटे संक्रमित — OSNepal

लामो समय पछि काठमाडौंबासीका लागी आयो राहातको खबर, पत्याउनै नसकिने गरी घटे संक्रमित

LC (KTM) June 26, 2021 0

काठमाडौं-आज काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर भेटिएका २ हजार १६ सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा भेटिएका सङ्क्रमितको सङ्ख्या २४९ रहेका छन् ।

जसमध्य काठमाडौँमा १८१ भक्तपुरमा २५ र ललितपुरमा ४३ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।आजको सङ्क्रमितको सङ्ख्या लामो समयपछिको कम हो ।

पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यका लगायत देशभर नै सङ्क्रमितको सङ्ख्या कम देखिन थालेको छ । त्यस्तै आज देशभर ३० जनाले ज्यान गुमाएका छन् ।यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् । यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर