नेपाल र देउवा एक साथ, एक अर्कालाई धोका नदिने निणर्य — OSNepal

नेपाल र देउवा एक साथ, एक अर्कालाई धोका नदिने निणर्य

LC (KTM) June 26, 2021 0

काठमाडौँ १२ असार । पुर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धोका नदिने बताएका छन् । आज शनिबार विपक्षी दलले आयोजना गरेको एक कार्यक्रममा नेता नेपालले देउवालाई धोका नदिने बताएका हुन् ।

देयवालाई प्रधानमन्त्री बनाउन नेपाल समुहका २६ जना सांसदहरुले हस्ताक्षर गरेका थिए । यता एमालेमा एकता प्रयास भइरहँदा अध्यक्ष समेत रहेका केपी ओलीले भने समर्थन फिर्ता लिन दवाव दिइरहेका छन् । तर नेपालले भने हस्ताक्षर फिर्ता नलिने भन्दै आफु धोका दिने मान्छे नभएको बताएका छन् ।

‘शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाई प्रधानमन्त्री भइहाल्नुस्’ भन्ने आफुलाई प्रस्ताव समेत आएको उक्त कार्यक्रमा नेपालले खुलासा गरेका छन् । यस्तो नेपालले बताउँदै गर्दा देउवाले पनि नेपाललाई कुनै धोका नहुने दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर