राष्ट्रसंघीय मिसनमा बाबु–छोरा एकै पटक पदक सहित सम्मानित, जुम्ल्याहा दाजु–भाइसहित अर्को एक जोडी दाजुभाइले पनि पाए पदक — OSNepal

राष्ट्रसंघीय मिसनमा बाबु–छोरा एकै पटक पदक सहित सम्मानित, जुम्ल्याहा दाजु–भाइसहित अर्को एक जोडी दाजुभाइले पनि पाए पदक

LC (KTM) June 26, 2021 0

काठमाडौँ – नेपालबाट शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका नेपाली सेनाका बाबु र छोराले एकै पटक सम्मानित भएका छन् । सम्मानित हुनेमा नेपाली सेनाका सहायक रथी दीपक बानियाँ ९बाबु० र प्राविधिक उपसेनानी दिव्यप्रताप बानियाँ रहेका छन् ।

उनीहरुलाई एकै पटक युएन शुक्रबार सम्मान गरेको हो । दिव्य भने राजधानी जुवामा गोरखबहादुर गणमा कार्यरत छन् । दीपकले दक्षिण सुडानमा ६ वटा सेक्टरमध्ये पूर्वी सेक्टरमा कमान्ड गर्दै आइरहेका छन् ।

दीपकले आफ्नो फेसबुकमार्फत यसरी युएन मिसनमा खटिँदा बाबु र छोराले एकै पटक पदक पाएको बताएका छन् । यस्तै, एक जोडी जुम्ल्याहा दाजु–भाइसहित अर्को एक जोडी दाजुभाइले पनि पदक पाएका छन् । उनीहरुको नाम पनि बाहिर आउन बाँकी नै रहेको छ ।

तस्बिर: दीपक बानियाँको फेसबुक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर