पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३० जनाको मृत्यु, २०१६ जनामा कोरोना पुष्टि — OSNepal

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३० जनाको मृत्यु, २०१६ जनामा कोरोना पुष्टि

LC (KTM) June 26, 2021 0

काठमाडौं-पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन् भने कोरोना निको हुने दर ९१।९ प्रतिशत रहेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् ।

यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । देशभर २०१६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार आज ९८१० जनाको स्वाब परीक्षण भएकामा २०१६ जनामा कोरोना देखिएको हो ।

यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ (पीसीआर) र ३१ हजार ५३१ (एन्टिजेन) जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर