कमल थापालाई लक्षित गर्दै बाबुरामले भने,विदा भैसकेको राजतन्त्रका हिमायतिहरू पनि हौसिन जरूरी छैन — OSNepal

कमल थापालाई लक्षित गर्दै बाबुरामले भने,विदा भैसकेको राजतन्त्रका हिमायतिहरू पनि हौसिन जरूरी छैन

LC (KTM) June 26, 2021 0

काठमाडौं, ११ असार । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रको विकल्प अझै उच्च स्तरको लोकतान्त्रिक गणतन्त्र नै भएको भन्दै राजतन्त्र कुनै पनि रुपमा नआउने दावी गरेका छन् ।

अध्यक्ष भट्टराईले ‘राजामा शान,मान र इज्जत थियो’भन्ने कुरा सत्य हैन र यो सुनेर इतिहासबट विदा भैसकेको राजतन्त्रका हिमायतिहरू पनि हौसिन जरूरी नभएको भन्दै राप्रपाका अध्यक्ष कमल थापाको अभिव्यत्ति प्रति टिप्पणी गरेका छन् ।

अध्यक्ष थापाले अर्का माओवादी केन्द्रका अध्इयक्ष प्रचण्डको भनाईमा आफु सहमत भएको भन्दै दाहालको भनाई संवैधानिक राजतन्त्र कायम गर्न प्रस्ताव अघि सारेका थिए । सोही विषयालार्ई लिएर भट्टराईले ट्वीट्र मार्फत जनतामा भ्रम छर्ने काम न गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्ज,सले जुन सन्दर्भमा जे मनसायले भने पनि ‘राजामा शान,मान र इज्जत थियो’भन्ने कुरा सत्य हैन र यो सुनेर इतिहासबट विदा भैसकेको राजतन्त्रका हिमायतिहरू पनि हौसिन जरूरी छैन।गणतन्त्रको विकल्प अझै उच्च स्तरको लोकतान्त्रिक गणतन्त्र हो,कुनै पनि रूपको राजतन्त्र हैन।जनतामा भ्रम छर्ने काम नगरौं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर