सर्लाहीमा जेसिबीको बकेटले हिर्काएर वडाध्यक्षको ह त्या, बकेटले ठ क्कर दिएर माटोले पुरेका थिए चालकले — OSNepal

सर्लाहीमा जेसिबीको बकेटले हिर्काएर वडाध्यक्षको ह त्या, बकेटले ठ क्कर दिएर माटोले पुरेका थिए चालकले

LC (KTM) June 26, 2021 0

मलंगवा-सर्लाहीमा जेसिबीको बकेटले हिर्काएर वडाध्यक्षको ह त्या भएको छ । भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको जेसिबीले ठक्कर दिई ह त्या गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जेसिबी चालकसँग वि वाद हुदाँ रिसको झोकमा चालकले जेसिबीले ठक्कर दिई ह त्या गरिएको प्रहरीले जनाएको छ ।

राती १० बजे सँगै खाजा खाएर फर्किने क्रममा जेसिबका चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठको विवाद भएको थियो विवादकै क्रममा पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबको बकेटले ठ क्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको देखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अ चेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलंगवा लगे पनि चिकित्सकले मृत घोषित गरेका थिए । प्रहरीले घट नामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर