तीनथान भरुवा बन्दुकहित तीन जना पक्राउ — OSNepal

तीनथान भरुवा बन्दुकहित तीन जना पक्राउ

LC (KTM) June 26, 2021 0

काठमाडौँ १२ असार । तीनथान भरुवा बन्दुकसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३६ वर्षीय रामबहादुर गुरुङ, ३५ वर्षीय मनोज गुरुङ र ३४ वर्षीय प्रेम गुरुङ रहेको प्रहरीले जनाएको छ ।

तेह्रथुम जिल्लाको लालिगुँरास नगरपालिका १ भुल्केबाट हिजो शुक्रबार दिउँसो लसुनेस्थित प्रहरी चौकीबाट खटिएको टोलीले बन्दुक बोकेर हिडेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीने जनामा माथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर