युद्घबहादुर मल्ल/ मुगु -संघिय सरकारले गत महिना प्रस्तुत गरेको बजेटमा निजामती कर्मचारीहरुलाई पर्यटन काज,दैनिक खाजा जस्ता सुविधा दिने उल्लेख गरेर शिक्षकलाई विभेद तथा उपेक्षा गरेपनि यहाँको एक स्थानिय सरकारले संघिय सरकारले विभेद र उपेक्षा गरेका तिनै शिक्षकलाई पहिलो प्राथमिकतामा राख्दै आफनो निति तथा कार्यक्रम ल्याएको छ ।मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले विहिवार आफनो नवौं नगरसभामा प्रस्तुत गरेको निति तथा कार्यक्रममा विधालय शिक्षक तथा कर्मचारहिरुलाई प्राथमिता राखेको हो ।
नगर प्रमुख हरिजंग शाहीले प्रस्तुत गर्नु भएको निति कार्यक्रममा शिक्षकहरुलाई आगामी आर्थिक बर्षबाट दैनिक १०० रुपयाँ खाजा खर्च दिने,संघिय सरकारसंग अनुमती लिई कोभिड विरुद्घको खोप खरिद गर्ने र शिक्षकलाई पहिलो प्राथमिकतामा राख्दै विद्यालयहरुबाट खोप दिन शुरु गर्ने बताईएको छ ।
निति तथा कार्यक्रममा भनिएको छ देशमा कस्तो जनशक्ति उत्पादन गर्ने त्यो सबै शिक्षकमा निहित भएकाले हामीले जतीसुकै र जे विकासका कुरा गरेपनि यदि सक्षक,सबल,नैतिकवान,निष्ठावान,नागरिक बनाउन सकेनौ भने सबै वालुवामा पानी हाले सरह हो । त्यसैले नगरलाई सम्वृद्घी,समुन्नत र सक्षम बनाउने हो भने समाज रुपान्तरका वाहक घर पछिको दोसो्र गुरु शिक्षकहरुको आत्मसम्मान बढाउने पर्ने महशुुस गरेर बर्षभरिमा १८० दिन शिक्षकहरुलाई प्रति दिन १०० का दरले खाना भत्ता दिने कार्यक्रम ल्याईएको हो ।
संघिय सरकारले ल्याएको बजेटबाट निरास भएका शिक्षकहरु स्थानिय सरकारको निती तथा कार्यक्रमबाट खुशी देखिएका छन । शिक्षकलाई दैनिक खाजा भत्ता दिदा शिक्षणमा गुणात्मक,कक्षा शिक्षण तथा विद्यालयमा शिक्षकहरुको नियमिता हुने र यसले नगरपालिकालाई दिर्घकालिन फाईदा उपलब्ध गराउने नगरपालिकाले अपेक्षा गरेको छ ।छायाँनाथ रारा नगरक्षेत्रमा ४४ वटा सामुदायिक विद्यालयमा करिव ३०० जना विद्यालय शिक्षक र कर्मचारी कार्यरत रहेका छन ।
नेपाली काँगे्रसबाट निर्वाचित नगरप्रमुख रहेको यो नगरपालिकाले यस अघि पनि संघिय र प्रदेश सरकार भन्दा पहिलो सामाजिक उत्तरदायित्वका कार्यक्रम ल्याएको थियो जस्को अनुसरण गदै संघ तथा प्रदेश सरकारहरुले पछि आफना कार्यक्रमहरुमा यस्तै कार्यक्रम समावेश गर्ने गरेको पाईएको छ ।
पहिलो नगर सभाबाट एक छोरी एक खाता शुरु गरेको यो नगरको अनुसरण गदै कणाली प्रदेश तथा अन्य स्थानिय सरकारहरुले छोरी खाता ल्याए । छायाँनाथले नै एकल पुरुष भत्ता दिन शुरु गरेपछि देशभरका अन्य सरकारले पनि पछि शुरु गरे यस्तै पहिलो नगरसभाबाटै आफना बालविकास केन्द्रहरुमा कार्यरत शिक्षिकाहरुलाई संघिय सरकारले दिएको मार्षिक ६ हजार भत्तामा शत प्रतिशत प्रोत्साहन भत्ता ६ हजार थप्दै मार्षिक ११ हजार दिन थालेको ४ बर्षपछि बल्ल संघिय सरकारले बालविकास केन्द्रका शिक्षकलाई १५ हजार मार्षिक तलब दिने घोषणा ग¥यो । यस्तै संघिय तथा प्रदेश सरकारहरुले स्वास्थ्य स्वयंसेविकालाई सुविधा नदिदै पहिलो नगरसभाबाट यो नगरले संचार तथा यातायात खर्च सुविधा दिदै आएको छ ।
नगर प्रमुख शाहीले प्रस्तुत गर्नु भएका निति तथा कार्यक्रममा प्राय अघिल्ला वर्षहरु कै कार्यक्रमहले निरन्तरता पाएको भएपनि शिक्षकलाई खाजा खर्च र कोभिड खोप लगाउने मात्र नयाँ कार्यक्रम समेटिएका छन ।यसै विच उपप्रमुख सुन्तला रोकायाले विहिबारै आर्थिक वर्ष २०७८÷०७९ का लागी ६१ करोड ८० लाखको प्रस्तावित बजेट प्रस्तुत गर्नु भएको छ । बजेट बारे नगरसभामा छलफल भैरहेको बताईएको छ ।
के के छन त निति तथा कार्यक्रममा प्रमुख कार्यक्रमहरु
गुणस्तररिय शिक्षणका लागी शिक्षकलाई खाजा
शिक्षक तथा विद्यालयबाट कोभिड खोप शुरु गर्ने
एक छोरी एक खाता
एकल पुरुष भत्ता
स्वमंसेविकालाई संचार,यातायात खर्च,
विपन्न,दलित एकल महिला सन्तान उच्च शिक्षा छात्रवृदि
नगर प्रमुख रोजगार कार्यक्रम
गरिवसंग मेयर कार्यक्रम
नगरबासी औषधी उपचार सुविधा
सुरक्षित नगरका लागी नगर प्रहरी
दुई सन्तानमा परिवार नियोजन गरेका दम्पतीलाई प्रोत्साहन भत्ता
स्वास्थ र स्वास्थयका लागी हिलो मुक्त गाँउ
वडा तथा नगरका आफनै प्रशासनिक भवन
सबै वडामा स्वास्थ्य सेवा
गाँउ गाँउमा सडक
एक घर एक धारा कार्यक्रम
सुरक्षित यात्राका लागी सडक रक्षक
स्वच्छ र नियमित पानीका लागी खानेपानी चौकीदार