काठमाडौं –
‘जेरी’ फेम्ड अभिनेत्री आना शर्मा यति बेला अस्ट्रेलियामा रमाउँदै छन् । उनी प्रेमी सुशान्त केसीसँग अस्ट्रेलियामा मस्त रमाइरहेकी छन् । अस्ट्रेलियाबाट आना र सुशान्त दुवैले घुमघामका रोमान्टिक तस्वीर सेयर गरिरहेका छन् ।
तस्विरमा उनका फ्यानहरुले विभिन्न प्रतिकृया दिइरहेका छन् । सिड्नीमा आयोजना गरिएको सुशान्तको कन्सर्टका लागि आना पनि उनीसँग त्यतै गएकी हुन् । दुवै जना एकअर्काप्रति गम्भीर रहेको बताइएको छ ।
मेलबर्नबाट फोटो सेयर गर्दै आना र सुशान्तले मेलबर्न घुमघाममा रमाइलो भएको उल्लेख गरेका छन् । पहिलोपटक सन् २०२२ को न्यु–इयर मनाउन मुस्ताङमा सँगै देखिएको यो जोडीले अहिले खुलेरै प्रेम गर्न खोजिरहेका छन् ।