एक्स्काभेटर चालकले एक्स्काभेटरको बकेटले हिर्काएर वडाअध्यक्ष श्रेष्ठको गरे ह'त्या — OSNepal

एक्स्काभेटर चालकले एक्स्काभेटरको बकेटले हिर्काएर वडाअध्यक्ष श्रेष्ठको गरे ह’त्या

LC (KTM) June 26, 2021 0

काठमाडौँ १२ असार । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ । एक्स्काभेटर चालक हर्षबहादुर तामाङसँग सामान्य विवाद हुँदा चालक तामाङले एक्स्काभेटरको बकेटले हिर्काएर अध्यक्ष श्रेष्ठको हत्या गरेका हुन् ।

सर्लाही प्रहरीले दिएको जानकारी अनुसार ईश्वरपुर नगरपालिका ३ भक्तिपुर भन्ने स्थानमा पोखरी सौन्दर्यीकरणको कम हेर्न जाने क्रममा एक्स्काभेटर चालकसँग सामान्य विवाद हुँदा चालकले श्रेष्ठको टाउको र छातिमा बकेट प्रहार गरी हत्या गरिएको हो ।

श्रेष्ठसँगै ठेकेदार पनि सँगै गएकाले प्रहरीले ठेकेदार र चालक दुवैलाई नियन्त्रण लिएको छ । घटनाको सत्य तत्थ थाहा पाउन प्रहरीले अनुशन्धान अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर