आज चितवनको नयाँ घरमा सरे प्रचण्ड, बिरामी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने — OSNepal

आज चितवनको नयाँ घरमा सरे प्रचण्ड, बिरामी पत्नी सीतालाई केही दिन चितवनमै राख्ने

LC (KTM) September 26, 2022 0

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज नयाँ घरमा सरेका छन्।

बिरामी पत्नी सीतालाई लिएर चितवन पुगेका प्रचण्ड भरतपुर महानगरको–१४ नम्बर वडामा बनेको आफ्नो नयाँ घरमा सरेका हुन्।

उनले पत्नी सीतलाई केही दिन चितवनमै राख्ने योजनाका साथ चितवनको नयाँ घरमा सरेको बताइएको छ ।काठमाडौंमा भाडाको घरमा बस्दै आएका प्रचण्डले चितवनमा आफ्नै घर बनाएका हुन्।

सीतालाई केही दिन चितवनमै राखेर प्रचण्ड भने काठमाडौं फर्किने सचिवालयले जनाएको छ ।

यो पनि
दसैैंको शुभकामना दिँदै राजेन्द्र लिङ्देनले भने– देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्दैन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दसैैंको शुभकामना दिँदै राजेन्द्र लिङ्देनले देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्न नसक्ने बताएका छन् ।

दसैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै उनले आगामी निर्वाचनबाट देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रब्यूहबाट मुक्त गराउनुपर्ने बताएका छन् ।

‘निर्वाचन विगतका त्रुटि, कमीकमजोरी सच्याउने र नवीन नेपाल निर्माणको बाटो तय गर्ने अवसर पनि हो । देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रब्यूहबाट मुक्त गराउनैपर्छ,’ अध्यक्ष लिङ्देनले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

उनको शुभकामना सन्देश :

आजबाट नवरात्र प्रारम्भ भएको छ, असत्यमाथि सत्यको विजयको रुपमा मनाइने उल्लासमय पर्व बडा दशैंको शुभअवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

हामी हाम्रा महत्त्वपूर्ण चाडपर्वसंगै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माहौलमा प्रवेश गरिरहेका छौं । आगामी निर्वाचन केवल एउटा पार्टीको बिजय वा पराजयसंग मात्रै सम्बन्धित छैन । यो निर्वाचन विगतका त्रुटि, कमीकमजोरी सच्याउने र नवीन नेपाल निर्माणको बाटो तय गर्ने अवसर पनि हो । देशलाई असफल नीति, असफल मार्गचित्र र असफल नेतृत्वको चक्रव्युहबाट मुक्त गराउनैपर्छ । हामीले हाम्रा सुनौला डेढ दशक सुधारको आशा र अपेक्षामा गुजार्‍यौंं, अब देश र जनताले अर्को एउटा खराब परिस्थितिको प्रतिक्षा गर्नुहुँदैन । जनता जनार्दन निर्णायक हुने निर्वाचनका माध्यमबाट शान्तिपूर्ण परिवर्तन र सकारात्मक रुपान्तरणको फराकिलो राजमार्ग निर्माण गर्नैपर्छ ।

देवी भवानीले सबैलाई शक्ति, सामर्थ्य र विवेक प्रदान गरून् । सबैमा बडा दशैंको शुभकामना, सबैको जय होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर