नेपाल प्रहरीका पुर्व हवलदारको बाख्रा पालन, बाघसँग लड्दै पालेका छन् बाख्रा — OSNepal

नेपाल प्रहरीका पुर्व हवलदारको बाख्रा पालन, बाघसँग लड्दै पालेका छन् बाख्रा

LC (KTM) June 26, 2021 0

इन्द्रबहादुर दुरा पहिला नेपाल पुलिसमा जागि खान्थे । अहिले उनले आफ्नै गाउँठाउँमा बाख्रा पाल्दै पाएका छन् । नेपाल प्रहरीको जागिर छोडेर उनले व्यवसायिक बाख्रा पालन रोजेका हुन् । बाख्रा पालेरै उनको अहिले घरपरिवार चलेको छ ।

घर नजिकै जंगल भएकाले पनि बाख्रा पालन व्यवसाय रोजेको इन्द्रबहादुर दुराको भनाइ छ । दुरा चितवनको माडी नगरपालिका वडा नम्वर ९ जेठीबगहीका स्थानीय बासिन्दा हुन् । बाख्रा चराउन जंगल गएको बेलामा बाघसँग लडेको उनको अनुभव छ ।

प्रकृया पुरा गरेर बाख्रा पालन व्यवसायमा लाग्ने हो भने घरखर्च सजिलै चलाउने सकिने उनी बताउछन् । दुराले अहिले ३६ वटा बाख्रा पालेका छन् । बिहान उठेदेखि बेलुका सुत्नभन्दा अगाडीसम्म उनको समय सबै बाख्रासँगै बित्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर