काठमाडौं ।
बेहुली पक्षले बोलाएको भन्दा बढी जन्ती पुगष्ेपछि बेहुली पक्षका आफन्तहरु ठूलो समस्यामा परेका छन् ।
जम्मा ३ सय जन्तीलाई बोलाइएको ठाउँमा ५ सय जन्ती पुगेपछि माइती पक्षको होस हवास नै उड्न पुग्यो र बेहुलीको परिवारले दुलहा पक्षका ती व्यक्तिहरूलाई बैंक्वेट हलमा प्रवेश गर्न अनुमति दियो, जोसँग आधार कार्ड थियो ।
खबर हो भारतको उत्तर प्रदेश, अमरोहाको आदमपुर थाना क्षेत्रको एउटा गाउँबाट हसनपुरमा जन्ती पुगेका थिए । ठूलो विबाद र समस्यापछि माइती र बेहुला पक्षले आधार कार्ड नभएका पाहुनाहरु भोज नखाई फर्काउने निर्णय गरेपछि रिसाएका जन्तीले उक्त घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल गराउन समेत पछि परेनन् ।
पाहुनाको संख्या देखेर केटी पक्षका मानिसहरू रिसाए र खाना दिन बन्द गरेको यो घटनाले विबादको ठूलै रुप लियो । आधार कार्ड भएकाहरु भोज हलमा प्रवेश गर्न पाएको बताइन्छ ।
विवाहको यो कार्यक्रममा निकै कोलाहल मच्चिएको थियो । तर केही मानिसहरुले दुबै पक्षका मानिसहरुलाई बुझाएर शान्त गराएपनि यसका भिडियोहरु अहिले पनि भाइरल बनिरहेका छन् ।