फेरी उर्लियो इन्द्रावती: मेलम्चीमा तीन तले घर बगायो, करोडौँको क्षती — OSNepal

फेरी उर्लियो इन्द्रावती: मेलम्चीमा तीन तले घर बगायो, करोडौँको क्षती

LC (KTM) June 26, 2021 0

काठमाडौँ – असार १ गते मेचम्ची बजार नै बगाउनेगरी आएको बाढीको पिडा मेलम्चीबासीले बिर्सन नपाउँदै इन्द्रावती नदीको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजारमा फेरी तनाव दिन सुरु गरेको छ । गएरातीदेखिको वर्षाले फेरी अर्को तले घर बगाएको छ ।

अघिल्लो हप्ता आएको भिषण बाढीले गरेको कटानका कारण निकै कमजोर बनेको घरलाई आज बाढीले बगाउको प्रहरीले जानकारी दिएको छ । आज बिहान हेलम्बु र मेलम्ची क्षेत्रमा भारी वर्षा भएपछि आएको बाढीले स्थानीय गोपाल दुलालको तीन तले घर बगाएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर वर्षा जारी रहँदा देशभरका केही मुख्य तथा सहायक नदीमा बाढीको जोखिम बढेको छ । महाशाखाका अनुसार नारायणी‚ कर्णाली‚ महाकाली‚ राप्ती र बबई नदीमा पनि पानीको बहाव सामान्य बढ्ने छ ।

महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा प्रदेश १ का इलाम‚ झापा‚ मोरङ‚ उदयपुर‚ ओखलढुंगा‚ धनकुटा‚ ताप्लेजुङ‚ र संखुवासभा भई बहने नदी तथा खोलाको बहाव बढ्ने चेतावनी दिएको छ ।

त्यस्तै रसुवा‚ सिन्धुपाल्चोक‚ रामेछाप‚ नुवाकोट‚ दोलखा‚ धादिङ‚ चितवन‚ मकवानपुर‚ काठमाडौं र सिन्धुलीमा पनी बाढी र पहिरोको खतरा भएकमो महाशाखाको अनुमान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर