काठमाडौं- नायिका सन्ध्या केसीले बिबाह गरेकी छन् । उनले आभूषण ज्योती कंसकारसँग कानुनी बिहे गरेकी हुन् । सामाजिक संजालको माध्यमबाट आफू बैबाहिक जीवनमा बाँधिएको जानकारी दिँदै उनले लेखेकी छन खुशी शेयर गरेपछि मात्र वास्तविक हुन्छ । –‘हामीले कानुनी रुपमा एक अर्कालाई स्विकार गरेका छौं । आभुषणसँग बिहेको घोषणा गर्न पाउँदा म खुशी छु । जो मानिसले मलाई प्रेम, आदर र मित्रताको पाठ सिकाएको छ ।
कोभिडको परिस्थिती सामान्य भएपछि धार्मिक परम्परा अनुसार बिहे गर्ने उनले बताएकी छन् । आजका दिनदेखि आफूहरु एकल रुपमा अगाडि नबढ्ने भन्दै सन्ध्याले सबैको आर्शिवादको अपेक्षा गरेको उल्लेख गरेकी छिन् । चलचित्र ‘ड्रिम्स’मा काम गरेपछि चर्चामा रहेकी सन्ध्याले अभिनय गरेको ‘पण्डित बाजेको लौरो’बाट उनको कामको तारिफ भएको थियो ।