जेष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो डोज असार २२ गते लगाइदै — OSNepal

जेष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो डोज असार २२ गते लगाइदै

LC (KTM) June 25, 2021 0

काठमाडौँ ११ असार । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६३ वर्ष उमेर समुहका नागरिकलाई दोस्रो डोजको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार गत जेठ २५ गतेदेखि २९ गतेसम्म खोपको पहिलो डोज लगाएकालाई यही असार २२ गते दोस्रो डोजको खोप लगाइने भएको छ ।

सरकारले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि दिने भएको छ ।स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार पहिलो डोजको भेरोसेल खोप लगाउने ज्येष्ठ नागरिक संख्या ३ लाख ७० हजार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर