पत्रकारको क्षमता बिकाशका लागि बिभिन्न योजना बनाउने प्रदेश–१ का आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीको प्रतिबद्धता — OSNepal

पत्रकारको क्षमता बिकाशका लागि बिभिन्न योजना बनाउने प्रदेश–१ का आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीको प्रतिबद्धता

LC (KTM) June 25, 2021 0

पत्रकारको क्षमता विकासका लागि प्रदेश सरकारले विभिन्न योजना बनाएर अघि बढ्ने प्रदेश–१ का आन्तरिक मामिला तथा कानुन मन्त्री ह्किमतकुमार कार्कीले बताएका छन् ।

मिडिया एक्सन नेपाल प्रदेश–१ द्धारा आयोजित कोभिड महामारी र पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले पत्रकारको पेशागत सुरक्षाका लागि प्रदेश सरकारले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले मिडियाको विकासका लागि प्रदेश सरकारले सबैसंग सहकार्य गर्ने भन्दै मिडिया एक्सन नेपालसंग हातेमालो गर्न तयार रहेको बताए । उनले कोरोना कहरको समयमा पत्रकारमा परेको आर्थिक समस्यालाई मध्यनजर गर्दै फेलोसिपको ब्यवस्था गरेर सहयोग गरेको बताए ।

प्रदेश–१ मा प्रादेशिक सञ्चार प्रतिष्ठान गठन गरेर पत्रकारको क्षमता र दक्षता विकासका लागि पहल थालेको मन्त्री कार्कीको भनाई छ । उनले पत्रकारको पेशागत सुरक्षा तथा प्रदेश सरकारले निर्माण गर्ने मिडिया विधेयकका सवालमा मिडिया एक्सन नेपालसंग परामर्श गर्ने बताए ।

मिडिया एक्सन नेपालका केन्द्रिय अध्यक्ष लक्ष्मणदत्त पन्तले पत्रकारको विषयमा मिडिया संस्था संवेदनशिल हुनुपर्ने बताए । उनले मिडिया संस्थाले सरकारसंगको परनिर्भरता हटाएर आत्मनिर्भर हुदैं पत्रकारको पेशागत सुरक्षा तथा दक्षमता विकासमा ध्यान दिए मात्रै सञ्चार क्षेत्र सुदृढ हुने विश्वास ब्यक्त गरे ।

पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका प्रभावकारी हुनुपर्नेमा अध्यक्ष पन्तले जोड दिए । उनले मिडिया स्वतन्त्र र निस्पक्ष नभए त्यसको असर सबै क्षेत्रमा पर्ने भएकाले पत्रकारलाई दक्ष र जिम्मेवार बनाउनका साथै पत्रकारिताको विकासको क्षेत्रमा मिडिया एक्सन नेपालले लामो समयदेखि काम गर्दै आएको बताए ।

नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष लीलाबल्भ घिमिरले पत्रकारको दक्षता र क्षमता विकासमा ध्यान दिनुपर्ने बेला आएको बताए । उनले मिडिया एक्सन नेपालसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । पत्रकारको पेशागत सुरक्षाका लागि मिडिया संस्थाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । सरकारसंगको परनिर्भरता हटाए मात्रै पत्रकारिता स्वतन्त्र हुने विचार ब्यक्त गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर