एकैदिन कोरोनाबाट २७ जनाको मृत्यु, मृकको संख्या आठ हजार ९४५ पुग्यो — OSNepal

एकैदिन कोरोनाबाट २७ जनाको मृत्यु, मृकको संख्या आठ हजार ९४५ पुग्यो

LC (KTM) June 25, 2021 0

नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ३५१ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नौ हजार ५८६ जनाको पिसिआर परीक्षण गर्दा एक हजार ७२१ र चार हजार ७६५ जनाको एन्टिजेन परीक्षण गर्दा ७५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २७ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म आठ हजार ९४५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ४५५ जना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना सङ्क्रमित निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको छ । नेपालमा हालसम्म पाँच लाख ७६ हजार ४१३ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर