छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएका मुगुका टक्कबहादुर भन्छन् 'स्याउले बजार नपाएपछि दशैँ खर्च कसरि चलाउने' — OSNepal

छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएका मुगुका टक्कबहादुर भन्छन् ‘स्याउले बजार नपाएपछि दशैँ खर्च कसरि चलाउने’

LC (KTM) September 21, 2022 0

मुगु-मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भन्नुभयो, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो , अहिले स्याउले बजार नै पाएन , स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।”

यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उहाँले भन्नुभयो, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु , यसवर्ष स्याउ उत्पादन बढेको छ तर े बजार पाउन समस्या परेको छ ।” स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उहाँले आग्रह समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर