करण जोहर तथा अमिताभ बच्चनकी छोरी श्वेता बच्चन नन्दा सानै देखीका साथी हुन् । दुबै जनाको मस्ति करणको शो कफि विद करणमा देखीएको छ । हालै नेहा धुपियाको शो मा उनीहरुले एक अर्काको बारेमा नयाँ खुलासा गरेका छन् । यस शो मा करणले श्वेतालाई ओसीडी भएको बताएका थिए । त्यस्तै उनले शो मा एउटा रमाईलो किस्सा समेत सनाएका थिए ।
श्वेता संग जोडिएको रमाईलो किस्सा यस्तो थियो :
करण जोहरका अनुसार एक दिन श्वेताको प्लेट बाट उनले केही उठाएर खाएका थिए । यसपछि श्वेताले आफ्नो पुरै खाना नै छोडेर भोकै घर गएकी थिईन् । करणले भने– हामी एकदिन डिनरम गएका थियौ । मेरो एउटा हैरानी गर्ने आदत छ । जसले मलाई चिन्छ जान्दछ उसलाई थाहा छ कि म अर्काको प्लेट बाट खाना झिकेर खाने बानी छ ।
उनले यो आफ्नो एकदमै खराब बानी भएको बताउँदै उनले आफ्नो बुवाले समेत यस्तो गर्ने गरेको खुलासा गरेका छन् । उनले यो बानी आफुलाई राम्रो लाग्ने गरेको बताए । श्वेता ओसीडी को ब्राण्ड एम्बेसडर रहेको समेत उनले खुलासा गरेका छन् । तर श्वेता आफु यो कुरा मान्न तयार नभएको उनको भनाई छ ।