सबैभन्दा सस्तो इन्धन विद्युत् नै भएकाले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन : कुलमान घिसिङ — OSNepal

सबैभन्दा सस्तो इन्धन विद्युत् नै भएकाले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन : कुलमान घिसिङ

LC (KTM) September 20, 2022 0

काठमाडौँ-नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैभन्दा सस्तो इन्धन विद्युत् नै भएकाले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिएको बताउनुभएको छ ।सुन्दर ट्रेडर्स प्रालिले आज आयोजना गरेको चार्जिङ स्टेशन प्रदर्शर्नी कार्यक्रममा निर्देशक घिसिङले विद्युत्को प्रयोग बढाएर देश समृद्ध बनाउन सकिने बताउनुभयो । सवारीसाधनलगायतमा विद्युत्को प्रयोग बढाउन सकिने उहाँको धारणा छ । “पहिले लोडसेडिङ हुने समयमा विद्युतीय सामान कल्पना नै गर्न नसकिने भए पनि अहिले त्यसको प्रयोग बढाउन भनिरहेका छौँ”, निर्देशक घिसिङले भन्नुभयो ।

अहिले विद्युत् व्यापार भइरहेकामा प्राधिकरणको जोड देशभित्रै खपत बढाउनु रहेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गर्नुभयो । उहाँका अनुसार अहिले जति रकमको विद्युत् व्यापार भइरहेको छ, देशभित्र खपत बढाउँदा त्योभन्दा बढी रकम आर्जन हुनसक्छ । विद्युतीय सवारीसाधनले सञ्चालन खर्च कम भएका आधारमा यात्रुलाई छुट दिनुपर्ने उहाँले बताउनुभयो । घिसिङले भन्नुभयो, “एक पटक किन्न बढी रकम भए पनि त्यसको सञ्चालन खर्च पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनभन्दा कम छ ।”

सुन्दर ट्रेडर्स प्रालिका अध्यक्ष भेषबहादूर थापाले ट्रलिबस पुनः सञ्चालनका लागि जिम्मेवारी दिन सरकार समक्ष माग गर्नुभयो । आफूले जिम्मेवारी पाएमा तीन महिनामा सञ्चालन गर्न सक्ने उहाँको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर