प्रचण्ड प्रति आक्रोशित ओलीले भने, भूतपूर्वको लस्करले मर्यादित समाज होइन असभ्य समाज बनाउन चाहेका छन् — OSNepal

प्रचण्ड प्रति आक्रोशित ओलीले भने, भूतपूर्वको लस्करले मर्यादित समाज होइन असभ्य समाज बनाउन चाहेका छन्

LC (KTM) June 25, 2021 0

काठमाडौं ११ असार । प्रधानमन्त्री केपी शर्मा अ‍ोलील नेकपा माओवादी केन्द्रका अध्यक्ष पुपष्कमल दाहालले दिएको अभिव्यक्ति प्रति आक्रोशित भएका छन् । हिजो विपक्षी दलहरुले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीको भन्दा त पहिलेकै राजाहरुको शान मान इज्जत थियो भन्ने अभिव्यक्ति दिएका थिए ।

जसको चौतर्फी चर्को आलोचना भइरहेको छ । परराष्ट्र मामिला प्रतिष्ठानले आज शुक्रवार बालुवाटारमा आयोजना गरेको एक कार्यक्रममा ओलीले आक्रोशित हुँदै भुतपूर्वको लस्करले राष्ट्रपतिविरुद्ध मुख छाड्ने प्रतिष्पर्धा गरेको आरोप लगाएका हुन् । ‘मैले एकपटक भनेको थिए, रिसाएको बिरालोले खावो चिथोर्छ, अहिले राष्ट्रपतिलाई मुख छाड्ने प्रतिष्पर्धा चलिरहेको छ ‘ कार्यक्रमा ओलीले भने ।

राष्ट्रपति भन्दा राजा राम्रो भन्नेमा पुगेका भूतपूर्वको लस्करले मर्यादित समाज होइन असभ्य समाज बनाउन चाहेको ओलीले बताए ।’हिजो भूतपूर्वको लस्करले राष्ट्रपति भन्दा राजा राम्रो भन्नेमा पुग्नुभयो’ ‘कतिखेर के बोल्ने भन्ने पनि छैन, गणतन्त्र प्रतिको वैरभाव होला भित्री रुपमा । उहाँहरु मर्यादित समाज होइन असभ्य समाज बनाउन चाहनु हुन्छ । उहाँहरुको बोलाइ चलाइले त्यही देखाउँछ ।’ ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर