नवनियुत्त गृहमन्त्री पौडेलले भने ,आफु राजनीति काममा पनि लाग्नुपर्ने भएकाले मन्त्रालयमा समय दिन सक्दिन — OSNepal

नवनियुत्त गृहमन्त्री पौडेलले भने ,आफु राजनीति काममा पनि लाग्नुपर्ने भएकाले मन्त्रालयमा समय दिन सक्दिन

LC (KTM) June 25, 2021 0

काठमाडौं असार ११ । गृहमन्त्रीको पदभार ग्रहण गरेका नवनियुक्त विष्णुप्रसाद पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एकजना प्रहरी पनि आफुकहाँ नआउन आग्रह गरेका छन् ।

आज शुक्रबार पदभार ग्रहण गरेका पौडेलले प्रहरीलाई कुनै पनि हस्तक्षेप नगर्ने भन्दै जवाफदेहि भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र र रहेको बताएका हुन् ।

पौडेलले आफु राजनीति काममा पनि लाग्नुपर्ने भएकाले मन्त्रालयमा समय दिन नसक्ने बताउँदै आवश्यक परे मात्रै प्रहरी प्रमुखलाई भेट्ने नभए गृहसचिवसँगकै समन्वयमा काम गर्न पनि प्रहरी प्रमुखलाई आग्रह गरेका छन् ।

तथापी, गृहसचिवसँग भने दिनको एक पटक भेट गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर