काठमाडौँ ११ असार । जातीय विभेदको आरोपमा हिरासतमा रहेकी घरबेटीलाई छुटाउन सरकारकै मन्त्रीको दौडधुप प्रति नेपाली कांग्रेसले आपत्ती जनाएको छ । आज शुक्रबार पार्टीका प्रवक्ता विश्व प्रकाश शर्माले एक विज्ञप्ती जारी जातिय विभेदको कराण पक्राउ परेकी काठमाडौंस्थित बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ प्रहरी प्रधान कार्यालय पुगेको विषयप्रति आपत्ती जनाएका हुन् ।
जातिय विभेदमा सरकारकै पक्षबाट सुरक्षा भएपछि कानूनी र नैतिक कोणबाट प्रश्न उब्जिएको जारी विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमार्फत प्रधानमन्त्री केपी ओलीलाई राज्यको भूमिका जिम्मेवार बनाउन सकिन्न भने हिजो गाइएका समानताका गीतहरु र आज संविधानमा लेखिएका न्यायका अक्षरहरुको मूल्य के बाँकी रहन्छ प्रधानमन्त्रीज्यू ?’ भन्दै प्रश्न गरिएको छ ।
‘शिक्षण अस्पतालबाट अजित मिजारको लाश अझै उठेको छैन्, नवराज विकहरुको घट्ना अझै आलै छ । विभेदमुक्त समाजका लागि राज्यको सार्थक समन्वय र अभिभावकीय भूमिका देशले खोजि गरिरहेको छ । तर, पछिल्ला घट्नामा राज्यकै भूमिका उपर गम्भीर प्रश्न उब्जिएको छ ।’
‘प्रश्न रुपा सुनार र सरस्वती प्रधानबीचको संवाद र विवादको मात्रै होइन, प्रश्न यो प्रकरणले उजागर गरेको हाम्रो समग्र अनुहारको धुलो सफा गर्ने या ऐना पुछ्ने भन्ने हो । हामी कस्तो समाज, कस्तो संस्कार र कस्तो न्याय प्रणाली स्थापित गर्न चाहन्छौं भन्ने प्रश्न हो । सस्तो राजनीति चाहन्छौं कि जिम्मेवार ढंगले विषयको उठान र निदान गर्ने राज्य व्यवस्था चाहन्छौं भन्ने पनि हो ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।