अंशका लागि आफ्नै छोराबाट बुवाको हत्या — OSNepal

अंशका लागि आफ्नै छोराबाट बुवाको हत्या

LC (KTM) June 25, 2021 0

धनुषा ११ असार । धनुषामा अंशका लागि आफ्नै छोराले बुवाको हत्या गरेका छन् । अशंवण्डाको विषयमा विवाद हुँदा आफ्नै ७० वर्षीय बुबाको ओखलको बिँड प्रहार गरी हत्या गरिएको प्ररहीले जनाएको छ ।

धनुषाधाम नगरपालिका वडा नम्बर १ स्थित काशिपुरका ७० वर्षीय विशो यादवको कान्छो छोरा कृष्ण यादवले गएराति हत्या गरेका हुन् ।हत्यारा छोरा कृष्णलाई पक्राउ गरिसकेको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जनाएका छन् ।

मृतकको टाउँकोमा दूई इन्च घाउ देखिुनका साथै घाँटीमा समेत निल डाम भएको प्रहरीले जनाएको छ । शव पोष्मार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर