यि हुन काक्रो खानुका अचम्मका फाइदाहरु — OSNepal

यि हुन काक्रो खानुका अचम्मका फाइदाहरु

LC (KTM) September 19, 2022 0

काठमाडौं :

गर्मी मौसममा काँक्रोको स्वाद सबैलाई मन पर्ने गर्दछ । स्वादका लागि मात्र हैन काँक्रोको फाईदा पनि उत्तिकै रहेको छ । यसमा भिटामिन सी , पोटासियम, फोलिक एसिड प्रसस्त मात्रामा पाईने गर्दछ । त्यस्तै कार्बोहाइड्रेट , क्याल्सियम, फोस्फोरस, फलाम, सल्फर आदि जस्ता बहुपयोगी तत्वहरु समेत पाईने गर्दछ । पोषक तत्वले भरिपुर्ण यस फलमा ९६ प्रतिशत सम्म पानीको मात्रा पाईने गर्दछ ।

यसमा भएको पोषक तत्वले रगत जम्ने नदिने, हड्डीको मासी र रगतमा क्याल्सियमको स्तरलाई सन्तुलन राख्ने काम गर्दछ । काँक्रोले कब्जियतसँग लड्न मद्दत गर्छ। मधुमेह रोगीहरूको लागि लाभदायक हुन्छ । यसमा एन्टिबायोटिक राम्रो मात्रामा हुने गर्दछ । तौल र पेटको बोसो घटाउनको लागि यसलाई आफ्नो आहारमा समावेश गर्न सकिन्छ । तौल घटाउन काँक्रो फलदायी हुने कारण भनेको क्यालोरीको मात्रा एकदमै कम हुनु हो ।

एक कप काटेको काँक्रोमा क्यालोरीको मात्रा १४ प्रतिशत हुन्छ । यस्तै मध्यम आकारको काँक्रोमा क्यालोरीको मात्रा २४ प्रतिशत हुन्छ। यसलाई सलादको रुपमा खाँदा लामो समयसम्म पेट भरिन्छ । जसकाकारण भोक लाग्दैन र अरु खानेकुरा खानु नपर्ने हुँदा स्वतः वजन लस भएर जाने गर्दछ । तौल घटाउनका लागि काँक्रोको जुस पनि बनाएर खान सकिन्छ । काँक्रोलाई टुक्रा पारेर पुदिनाको पात, तुलसीको पात र अलिकति कागती हालेर यसलाई मिक्चरमा राखेर पिस्नुहोस् ।यसले शरीर डिटक्सिङमा पनि सहयोगी गर्दछ ।

काँक्रोमा अत्याधिक पानी हुने भएको हुँदा यसको सेवन पश्चात पानी पिउनु राम्रो मानिदैन । ९५ प्रतिशत पानी हुन्छ । त्यसैले काँक्रो खाएपछि तुरुन्तै पानी पिउनु हुँदैन । यदि तपाईले यसो गर्नुभयो भने तपाईलाई पेट दुख्न सक्छ र यस बाहेक यसको पोषक तत्व पनि पातलो हुन्छ। ध्यान दिनुहोस् कि सुत्नुभन्दा ठीक अगाडि काँक्रो नखानुहोस् किनकि यसले पेट फुल्न सक्छ। अर्कोतर्फ, यसलाई राती खाँदा तपाईंको निद्रामा बाधा पनि पुग्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर