राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा कार्यरत ३२ जिल्लाका कर्मचारीहरूबाट एकै साथ सामूहिक राजीनामा — OSNepal

राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा कार्यरत ३२ जिल्लाका कर्मचारीहरूबाट एकै साथ सामूहिक राजीनामा

LC (KTM) June 25, 2021 0

काठमाडौँ ११ असार । राष्ट्रिय पुनः निर्माण प्राधिकरणमा कार्यरत ३२ जिल्लाका कर्मचारीहरूले सामूहिक राजीनामा दिएका छन् । काठमाडौँमा माइतीघर मण्डलामा प्रदर्शन गर्दै आफ्नो माग परा गर्न सरकारले कुनै चासो नदेखाएको भन्दै सामुहिक राजीनामा दिएका हुन् ।

प्रदर्शनमा इन्जिनियरको व्यथा अरुलाई के थाहा , विदेश जान बाध्य नपारौं, कर्मचारीको व्यस्थापनको सुनिश्चित गर , धरहरा बनाउने हामी नै हौँ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रर्दशनमा उत्रिएका ५० भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर