झापा ११ असार । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ३ बस्ने ४५ वर्षीय काजी भन्ने लोकवहादुर श्रेष्ठ रहेको प्रहरीले जनाएकोे छ ।
श्रेष्ठ र उनका साथी सोही ठाउँ बस्ने ४८ वर्षीय अर्बिन भन्ने ओम घतानी समेतले ती बालिकालाई जबरजस्ती गरेको सुचनाआ आधारमा घटनास्थल पुगेको प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले श्रेष्ठलार्य प्रक्राउ गरेको हो । उनको साथीको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।