काठमाडौं, २ असोज:
चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङबाट छायांकन सुरु भएको छ । शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुन लागेको फिल्म ’अन्तिम संस्कार’ को गत शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहर्त गरेर छायांकन सुरु गरिएको हो । सांस्कृतिक तथा सामाजिक कथा वस्तु समेटिएको फिल्मको छायांकन गर्न कलाकार विजय लामासहितको फिल्म युनिट मुस्ताङ पुगेका छन् । फिल्म युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायांकन सक्काएर बाँकी छायांकन काठमाडौंमा गर्ने बताएको छ ।
मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा फिल्मको छायांकन गरिने फिल्म निर्माता विनोद सुवेदी खत्री ९टाटेमित०ले जानकारी दिए। फिल्मको निर्माता विनोद सुवेदी हुन् भने फिल्मको निर्देशन प्रदीप शाहीले गर्नेछन् । प्रेम खड्का र वोधराज पौडेलले मुस्ताङको छायाँकनको ब्यबस्थापन गर्दैछन् ।
झन्डै डेढ करोड लागत रहेको सो फिल्ममा कलाकार विजय लामासहित दिया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई,सश्मिता गिरी र दिग्गज खत्रीलगायतको अभिनय रहने छ । फिल्मको छायांकन बाबु श्रेष्ठले गर्दैछन् ।
निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो फिल्म हो । उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ प्रर्दशन भई सकेको छ ।