खरका छाना विस्थापन गर्न रु दुई करोड २५ लाख बजेट विनियोजन — OSNepal

खरका छाना विस्थापन गर्न रु दुई करोड २५ लाख बजेट विनियोजन

LC (KTM) June 25, 2021 0

बागलुङको बडिगाड गाउँपालिकाले खरका छाना विस्थापन गर्न रु दुई करोड २५ लाख बजेट विनियोजन गरेको छ । आर्थिक, सामाजिक र पूर्वाधार विकास कार्यक्रमहरुलाई प्राथमिकतका आधारमा बजेट विनियोजन गरेको गाउँपालिकाले आगामी आर्थिक बर्षमा जस्ताको छाना लगाउन उच्च प्राथमिकतामा राखेको हो ।

गाउँपालिकाको प्रशासनिक भवन सम्पन्न गर्न रु दुई करोड १० लाख तथा वडा कार्यालय निर्माण सम्पन्न गर्न रु दुई करोड ५० लाख तथा खानेपानी योजनाका लागि रु दुई करोड ८१ लाख ९८ हजार विनियोजन भएको छ ।

बागलुङको बजेट रु एक अर्ब छ करोड

बागलुङ नगरपालिकाले आगामी आव २०७८÷०७९ का लागि रु एक अर्ब पाँच करोड ६८ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ । यो बजेट गत वर्षको भन्दा रु १० करोडभन्दा बढी हो । नगरपालिकाले गत आव मा रु ९४ करोड ७७ लाख ८६ हजार ३३७ को बजेट सार्वजनिक गरेको थियो ।

नगर उपप्रमुख सुरेन्द्र खड्काले बिहीबार सार्वजनिक गरेको बजेटमा चालु तथा पूँजीगत र वित्तीय व्यवस्थापनतर्फ रु १५ करोड ८१ लाख विनियोजन गरिँदै पूर्वाधार , जनस्वास्थ्य र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । पूर्वाधार विकासमा रु २३ करोड पाँच लाख, आर्थिक विकास तर्फ कृषिमा रु एक करोड ५९ लाख, पशु विकास रु ६९ लाख, पर्यटनमा रु एक करोड १० लाख, उद्यम विकास तथा रोजगार प्रवद्र्वनमा रु चार करोड ८९ लाख बजेट विनियोजन गर्नुभएको छ ।

यस्तै, सामाजिक विकातर्फ शिक्षामा रु ३९ करोड ५१ लाख बजेट विनियोजन गर्दै प्रारम्भिक बालविकास केन्द्रका सहजकर्तालाई सरकारले घोषणा गरेको मासिक पारिश्रमिकमा रु सात हजार थप गरी रु १५ हजार कायम गर्ने व्यवस्था गरिएको छ । जनस्वास्थ्य सेवातर्फ रु नौ करोड ५८ लाख ६५ हजार, युवा तथा खेलकूद विकास विकासतर्फ बाङेचौर खेल मैदान निर्माणका लागि सङ्घ, प्रदेश र नगरपालिकाको समपूरक कोष गरी रु तीन करोड ४२ लाख, मेयर कप कार्यक्रम र राष्ट्रपति रनिङ शिल्ड, खेलकूद मैदान सुधार र विस्तारका लागि रु ९३ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

काठेखोलाको प्राथमिकता शिक्षा र स्वास्थ्य प्राथमिकतामा

काठेखोला गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी आवको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी आवका लागि रु ५३ करोड ३१ लाख १४ हजारको बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिका उपाध्यक्ष अर्जुनबहादुर क्षेत्रीले शिक्षा, स्वास्थ्य र कृषि तथा रोजगारी प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिएको बजेट नवौँ गाउँसभमा प्रस्तुत गर्नुभयो । सामाजिक विकास कार्यक्रमका लागि रु एक करोड ५५ लाख, पूर्वाधार विकासका कार्यक्रमको लागि रु तीन करोड ११ लाख ७८ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनका लागि रु ३५ लाख ९७ हजार, सुशासन तथा संस्थागत विकासका लागि रु ३५ लाख ९७ हजार, आर्थिक विकासका लागि एक करोड ५५ लाख ८९ हजार, वडाका गौरवका आयोजनाका लागि रु दुई करोड ५१ लाख ८२ हजार र सामाजिक विकास, लक्षित वर्ग, मर्मतसम्हार अन्य भौतिक पूर्वाधार लगायतका शीर्षकमा बजेट विनियोजन भएको हो ।

ताराखोला ः पर्यटन प्रवद्र्धन गर्न गाईभाट पुननिर्माण

ताराखोला गाउँपालिकाले पर्यटन गाउँ विकासका लागि स्टोन भिलेज कार्यक्रमसहितको बजेट ल्याएको छ । आगामी आवका लागि ल्याएको बजेटमा पर्यटन गुरुयोजना र विस्तृत आयोजना प्रतिवेदन बनाउने लक्ष्य छ । प्रतिवेदनका अनुसार गाउँपालिकामा बजेट परिचालन गरेर आर्थिक समृद्धि ल्याउने उपाध्यक्ष दिलकुमारी पुनले बताउनुभयो । यसअघि पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले तनहुँको बन्दीपुर र गुल्मीको धुरकोट गाउँपालिकासँग मितेरी साइनो जोडेको छ ।

गाउँपालिकाले रु ३५ करोड ५१ लाख ८६ हजार ९९८ को बजेट ल्याएको हो । यसमा पूँजीगततर्फ रु १० करोड ९१ लाख ४५ हजार ९९८ र चालुतर्फ ससर्त अनुदानसहित रु १८ करोड ८० लाख ४१ हजार विनियोजन गरिएको हो ।

पर्यटन प्रवद्र्धनकै लागि गाईघाट झरना पुनर्निर्माण र व्यवस्थापन गरेर आकर्षण बढाउन रु १५ लाख बजेट विनियोजन गरिएको छ । कृषि विकास कार्यक्रमका लागि रु ४८ लाख ५० हजार रकम विनियोजन छ । करिमेला गाउँलाई स्टोन भिलेज बनाउन यो बजेटमा रु १५ लाख विनियोजन छ । सामाजिक विकासतर्फ बालविकास सहजकर्ताको तलब बढाउन रु ४२ लाख ४० हजार बजेट विनियोजन गरिएको छ ।

जैमिनीको बजेट रु ६४ करोड १३ लाख

दक्षिण बागलुङको जैमिनी नगरपालिकाले रु ६४ करोड १३ लाख ६४ हजारको बजेट सार्वजनिक गरेको नगरले आर्थिक विकासको माध्यमबाट गरिबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने उल्लेख गरेको छ । समग्र नगरक्षेत्रको समानुपातिक र सन्तुलित विकासमा सहयोग पु¥याउने लक्ष्य रहेको रानाले बताउनुभयो । स्थानीय स्रोत, साधनको प्रयोग र जनसहभागिताको परिचालनबाट दिगो र वातावरणमैत्री विकासमा सहयोग पु¥याइने रानाले बजेटमा उल्लेख गर्नुभएको छ ।

योजना तथा विषयवस्तुका आधारमा विनियोजन भएको बजेटले बजेटका उद्देश्यका बारेमा मात्रै प्रस्ट पारेको छ । रोजगारी र स्वरोजगारको विभिन्न अवसर सृजना गरी समृद्धितर्फ उन्मुख गराउने, सामाजिक समावेशीकरणको माध्यमबाट आर्थिक, सामाजिक क्षेत्रको विकासमा सहयोग पु¥याउने, सहज र आधारभूत सेवा प्रदान गर्न जोड दिने, उद्यमशीलताको प्रवद्र्धन गरी रोजगारी सृजना गर्ने, गुणस्तरीय शिक्षाको माध्यमबाट सक्षम र उच्च प्रकारको जनशक्ति उत्पादन गर्ने तथा र कोभिड–१९ को प्रभावले वैदेशिक रोजगारीबाट फर्केका नागरिकलाई उनीहरुको सीप, क्षमताको अधिकतम उपयोग गरी आयमूलक काममा प्रयोग गर्नेलगायतका उद्देश्य नगरको बजेटमा समावेश छन् ।

स्वास्थ्य, शिक्षा कृषि र पर्यटनमा ढोरपाटनको जोड

ढोरपाटन नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर आगामी आवको नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख देवकुमार नेपालीले नीति तथा कार्यक्रम र उपप्रमुख करमती पुनले बजेट सार्वजनिक गर्नुभएको हो । बिहीबार नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रमा पूर्वाधार र जनशक्तिको व्यवस्थापनलाई विषेश जोड दिएको छ ।

नगरले आगामी आवका लागि रु ४४ करोड, ६५ लाख, रु १० हजारको बजेट ल्याएको हो । शिक्षा, रोजगार, पूर्वाधार निर्माण र पर्यटनलाई समेत महत्वका साथ नीति तथा कार्यक्रममा समावेश गरिएको छ । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई २५ श्ययाको प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नति गरिने नीति प्राथमिकतामा परेको छ ।

‘मेयर स्वास्थ्य कार्यक्रम’अन्तर्गत एक लाखको स्वास्थ्य बीमामा गर्ने कार्यक्रम प्राथमिकतामा परेको छ । जसमा अतिविपन्न तथा सीमान्तकृत समुदाय सामावेश हुनेछ । ‘मेयर शैक्षिक सुधार कार्यक्रम’, ‘एक वडाः एक नमूना विद्यालय कार्यक्रम’ लगायतका शिक्षा क्षेत्र सुधारका कार्यक्रम नगरको नीतिमा समावेश भएका छन् । सोही अनुसारको बजेटको व्यवस्थापनसमेत गरिएको उपप्रमुख पुनले बताउनुभयो ।

गलकोटको लक्ष्य ः‘एक गाउँ एक बाली’

जिल्लाको गलकोट नगरपालिकाले आगामी आवमा नगरमा करको दायरा फराकिलो बनाउँदै झण्डै रु एक करोड ६० लाख राजश्व सङ्कलनको लक्ष्य सार्वजनिक गरेको छ । सदरमुकाममा रहेको बागलुङ नगरपालिकापछि राजश्व सङ्कलनमा धेरै लक्ष्य राखेको दोस्रो स्थानीय तह गलकोट नगरपालिका हो । आगामी आवका लागि कूल रु ६१ करोड ७६ लाख ७१ हजार बराबरको बजेट सार्वजनिक गर्दै नगरले उक्त लक्ष्य सार्वजनिक गरेको हो ।

गलकोटको नवौँ नगरसभामा नगरप्रमुख भरत शर्मा गैरेले नीति तथा कार्यक्रम र उपप्रमुख रेनुका काउचाले बजेट सार्वजनिक गर्नुभएको हो । रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको नगरले बजेटमा राजश्व सङ्कलन र आर्थिक वृद्धिलाई समेत महत्वका साथ संलग्न गरेको हो । नगरपालिकाले आर्थिक विकासतर्फ रु एक करोड ८४ लाख ५० हजार, सामाजिक विकासतर्फ रु तीन करोड २९ लाख ९० हजार, पूर्वाधार विकासतर्फ रु सात करोड १३ लाख सुशासन तथा अन्तरसम्बन्धित विषयमा रु २५ लाख ५० हजार तथा वन वातावरण तथा विपद् व्यवस्थापनका लागि रु ४० लाख ३१ हजार विनियोजन भएको छ ।

नगरपालिकाले आगामी आवमा नगरपालिकाको विकासका लागि कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत विविध विषयमा विशेष नीति लिएको छ । नगरपालिकाले यस वर्षको नीति तथा कार्यक्रममा गलकोट नगरपालिका क्षेत्रका कृषियोग्य स्थानहरुको पहिचान गरी ‘एक गाउँ एक बाली’का रुपमा नमूना व्यावसायिक खेती कार्यक्रमलाई प्राथमिकता दिएको छ । नगरपालिकाले कृषि उत्पादनलाई व्यवस्थापन बजारीकरण र सहज रुपमा बिक्री वितरण गर्नका लागि कृषि सङ्कलन केन्द्र वा हाटबजार स्थापना र विकास गर्ने नीति लिएको छ ।

नगरपालिकाले कोभिड–१९ ले सृजना गर्ने रोजगारको समस्यालाई सम्बोधन गर्दै नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने जोड दिइएको छ । यसमा सघाउ पु¥याउनका लागि नगरबाट भूउपयोग तथा बाँझो जमीनसम्बन्धी ऐन तथा नियमको व्यवस्था र नगरमा बाझिएको जमीनको यकिन तथ्याङ्क सङ्कलन गरी बाझिएको जमीनको पुनः उपयोग गर्न प्रेरित गर्न नमूना भूमि बैंकको शुरुदेखि गर्ने, नगरको पर्यटनसम्बन्धी गुरुयोजना तयार गर्ने, अन्तर्राष्ट्रिय मूर्तिकला सङ्ग्रहालय तथा घुम्टेसम्मको सडक पहुँच आयोजनालाई प्रभावकारी कार्यान्वयन गरी पर्यटन प्रवद्र्धन गर्ने जनाइएको छ । यसैगरी ढुङ्गा र तामा खानीको सम्भाव्यता अध्ययन गर्ने, लघु तथा घरेलु उद्योग स्थापना र विकास गरी स्वरोजगार सृजना हुने कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर