काठमाडौं ११ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलार्य लक्षित गर्दै राजनीतिक प्रतिस्पर्धामा आफुलाई अग्लो देखाऊन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा भएको टिप्पणी गरेका छन् ।
हिजो अध्यक्ष प्रचण्डले राजाहरुको जति पनि मान इज्जत नभएको राष्ट्रपति भनेपछि यस विषयमा यसअघि प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहाकारले समेत आलोचना गरिसकेका छन् । मन्त्री पोखरेलले भने सामाजिक सञ्जाल फेशबुकमार्फत राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी नरहेको बताएका छन्
मन्त्री पोखरेलले लेखेका छन्–’राजनीतिक प्रतिस्पर्धामा आफुलाई अग्लो देखाऊन पूर्व राजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र ?’