काठमाडौँ ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा एमालेका नेता सूर्य थापाले पार्टीको महाधिवेशन नगरी चलेकाले अध्यक्ष पुष्प कम दाहाल प्रचण्ड र माओवादी केन्द्र वैधानिक दावी गरेका छन् । यस विषयमा निवार्चन आयोगको अविलम्ब ध्यानाकर्षण हुनुपर्ने थापाको भनाई रहेको छ ।
हिजो अध्यक्ष प्रचण्डले राष्ट्रपतिको शान, मान, इज्जत भन्दा त पहिले राजाहरुकै शान, मान, इज्जत हुँन्थ्यो भन्दै राष्ट्रपति माथि कटाक्ष गरेपछि आज थापाले ट्वीटर मार्फत भनेका छन्,’२०७५जेठ ३ यताको ३बर्ष शून्य अवधि र थप समय पाउँदा पनि छ महिनायता प्रचण्ड स्वयं अवैध भइसकेछन्।अनि राष्ट्रपतिभन्दा उहाँलाई राजा मन नपरोस् त’ ?
कानुनीराजको बर्खिलापका कार्य दण्डनीय छन् ।प्रभु साहजीले उठाएको प्रश्न अत्यन्त जायज छ। थापा भन्छन्, बैधानिक हैसियतबिना प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कार्यहरू नै अवैध छन्।
थापाको ट्वीट : ‘पार्टी वैधानिक हुन अनिवार्यतस् कानून परिपालना गरेको हुनैपर्छ।तर गैरकानुनी रूपमा चल्दै अरूलाई प्रश्न उठाउन मिल्दैन। कानुनीराजको बर्खिलापका कार्य दण्डनीय छन् ।प्रभु साहजीले उठाएको प्रश्न अत्यन्त जायज छ। बैधानिक हैसियतबिना प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कार्यहरू नै अवैध छन्।’
‘पार्टीको महाधिवेशन नगरी चलेकाले अध्यक्ष प्रचण्ड र माके पार्टी नै वैधानिक छैनन्।निर्वाचन आयोग,प्रचण्ड र माकेकोअविलम्ब ध्यानाकर्षण हुनुपर्छ।२०७५जेठ ३यताको ३बर्ष शून्य अवधि र थप समय पाउँदा पनि छ महिनायता प्रचण्ड स्वयं अवैध भइसकेछन्। अनि राष्ट्रपतिभन्दा उहाँलाई राजा मन नपरोस् त ?’