काठमाडौँ ११ असार । नेपाली कांग्रेसको यही भदौमा हुने १४ महाधिवेशनको तयारीमा दलका शिर्षनेताहरुले आफ्नो छलफललाई तिव्रता दिएका छन् । आज महाशिवेशनको विषयमा नै छलफल गर्न उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबिच भेटवार्ता भएको छ ।
१४ औँ महाधिवेशनमा पनि सभापति शेरबहादुर देउवाले नै सभापतिको उम्मेदवारीमा दावी गरेपछि यी तिन नेताहरुले छलफललाई निरन्तरता दिएका हुन् । निधि अगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।
आज भएको छलफल भने महामन्त्री डा. कोइरालाको निवासमा सुरु भएको छ ।