काठमाडौँ ११ असार । संसद विघटनविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज पनि संवैधानिक इजलासमा बहस सुरु भएको छ । अहिलेवरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बहस सुरु गरेका छन् । उनलाई २० मिनेटको समय दिइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सहित न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले सुनुवाई गरिरहेको छ । अब रिट निवेदकका लागि छुट्टाइएको समयमा मात्र ४ घण्टा ४५ मिनेट बाँकी रहेको छ ।
गत जेठ ७ गते मध्यराति सरकारबाट संसद विघटन भएपछि त्यसको विरोधमा सर्वोच्चमा रिट दायर भएको हो ।