काठमाडौं ११ असार । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले दलीय स्वतन्त्रता लोकतन्त्रको प्राणवायु भएको बताएका छन् । नेता बाँस्कोटाले आज ट्वीटर मार्फत यस्तो धारणा राखेका हुन् ।
संबिधान रक्षाका नाममा प्रचण्ड र माधब बलमा कांग्रेस जे गर्दैछ नि अन्तत त्यो नै संबिधान सक्ने हतियारमा परिणत नहोला भन्न नसकिने बताएका छन् । दलभित्र सीमाहिन विद्रोहको स्वतन्त्रताको माग नै लोकतन्त्र सकिदिने आधार बिन्दु भएको बाँस्कोटाले बताएका छन् ।
बाँस्कोटाको ट्वीट् ’दलीय स्वतन्त्रता लोकतन्त्रको प्राणवायु हो।तर दलभित्र सीमाहिन विद्रोहको स्वतन्त्रताको माग लोकतन्त्र सकिदिने आधार बिन्दु।पहिला दल सकिदिने( त्यसपछि लोकतन्त्र आफै सकिन्छ। संबिधान रक्षाका नाममा प्रचण्ड र माधब बलमा कांग्रेस जे गर्दैछ नि अन्तत त्यो नै संबिधान सक्ने हतियारमा परिणत नहोस।’