यस्तो छ आजको सुनको मूल्य — OSNepal

यस्तो छ आजको सुनको मूल्य

LC (KTM) June 25, 2021 0

काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन गत बिहीबारकै मूल्य कायम हुँदै प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै यता चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि गत बिहीबारकै ९० हजार रुपैयाँ प्रतितोला कायम भएको छ ।
यो पनि, नेपालमा उत्पादित सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिने – खलङ्गा, ९ असार – जुम्लाको जैविक (अग्र्यानिक) पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिएको छ । अठार टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात गरिएको हो । कर्णाली सेफ एन्ड सुपरफुड इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल, चार टन सिमीको दाल र एक टन कोदो निर्यात गरिएको बताउनुभयो ।

क्यानडास्थित लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टो कम्पनीले जुम्ली उत्पादन लिएको हो । मार्सी चामल, कोदो र सिमीको कार्टुनमा नेपाली झण्डा अङ्कित लोगो राखिएको छ । लेबलिङ र प्याकेजिङ तथा प्रोसेसिङको काम सबै नेपाली माटो नामक संस्थाले गरेको हो ।

यहाँको सिञ्जा क्षेत्रबाट १३ र तातोपानी गाउँपालिका–४ गिडीखोलाबाट एक टन मार्सी काठमाडौँ पुगाइएको थियो । पहिलोपटक जुम्ली उत्पादन क्यानडा निर्यात भएपछि स्थानीयवासी निकै खुशी छन् । स्थानीयवासी जीवनबहादुर खत्रीका अनुसार स्थानीय उत्पादन क्यानडा निर्यात भएपछि किसानमा हौसला थपिएको बताउनुभयो । अहिले किसानले खेतीयोग्य जमीनको उपयोग गर्न थालेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर