माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त — OSNepal

माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

LC (KTM) June 25, 2021 0

काठमाडौं असार ११ । दल त्याग गरेकै कारण स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिहरुको पद रिक्त हो । माओवादी केन्द्रले निवार्चन आयोगलाई दिएको सुचनाका आधारमा आज आयोगले दल त्याग गरेका १४ जनप्रतिनिधिहरुको पद रिक्त गरेको सुचना सार्वजनिक गरेको हो ।

पद रित्त हुनेमा रौतहटका ७ ,कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना जनप्रतिनिधि रहेका छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकालाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएपनि आयोगले एक ल निणर्य मान्य नहुने भन्दै केन्द्रीय कमिटीको निर्णय मागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर