वरिष्ठ अधिवक्ताहरुले बयानमा चोलेन्द्रले रकम लेनदेनमा मुद्दा फैसला गर्ने गरेको आरोप लगाएपछि सिमितिले भोली शुक्रबार फेरि बयानका लागि बोलाएको हो ।
काठमाडौं ३० भदौ । निलम्बित प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरालाई प्रतिनिधिसभाको महाभियोग सिफारिस सिमितिले भोली शुक्रबार फेरि बयानका लागि बोलाएको छ ।
जवरालाई भोली बिहान ९ बजे बयानमा लागि समितिले बोलाएको हो । समितिले बिहीबार वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, हरिहर दाहाल, रमण श्रेष्ठ, लीलामणि पौडेललगायतसँग बयान लिएको छ ।
बयानका क्रममा वरिष्ठ अधिवक्ताहरुले चोलेन्द्रले रकम लेनदेनमा मुद्दा फैसला गर्ने गरेको आरोप लगाएपछि चोलेन्द्रलाई पुरक बयानमा बोलाइएको हो ।
समिति सचिव तथा प्रवक्ता लक्ष्मीप्रसाद गौतमले बताए अनुसार चोलेन्द्रको बयानका आधारमा प्रतिवेदन लेखनको काम पनि अघि बढाइएको बताए ।