काठमाडौं ३० भदौ । नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको अग्निपथ भर्ती तत्काललाई फिर्ता हुने भारतले जनाएको छ ।
युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाले आयोजना गरिएको एक कार्यक्रममा भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको कोटा अन्यलाई दिने बताएका हुन् ।
नेपालले नोभेम्बर २० मा हुने आमनिर्वाचनअघि कुनै निर्णय लिन नसक्ने भन्दै पाण्डेले यो निर्णय लिने नलिने कुरा नेपालकै विषय भएको बताएका छन् ।
भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिकको भर्तीसम्बन्धी निर्णय नेपाल सरकारले आगामी निर्वाचनसम्म नगर्ने भएसँगै पाण्डेले यस्तो बताएका हुन् ।
भारतले नेपाल सरकारलाई अग्निपथ कार्यक्रमअन्तर्गत नेपाली युवाको सैनिक भर्तीमा सहयोग गर्न भारतले आग्रह भने गर्दै आएको छ ।
तर नेपाल सरकारले यस विषयलाई निर्वाचन अघि हुन नसक्ने संकेत गर्दैै आएको छ ।