एजेन्सी । अमेरिकाकाको फ्लोरिडा राज्यको मायामी शहरमा १२ तले एउटा आवासिय भवन भत्किँदा कम्तिमा १ जनाको मृत्यु भएको छ भने ९९ जना बेपत्ता भएका छन् ।१२ तले उक्त भवनको आधा भाग ध्वस्त भएको छ । सन् १९८० मा निर्माण गरिएको त्यो भवनमा २३० वटा फ्ल्याट रहेको थिए ।
मायामी डेडकी मेयर डेनीयला लेभिन९काभाले हालसम्म १ सय २ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिएकी छन् ।भवन कसरी भत्कियो भन्नेबारे छानविन थालिएको छ । सर्फसाइडमा रहेको उक्त भवन सन् १९८० मा बनेको थियो। बेपत्ता हुनेमा कैयौँ ल्याटिन अमेरिकीहरू रहेको विवरण सम्बन्धित कन्सुलेटहरूले दिइरहेका छन्।
फ्लोरिडाका गर्भनरले घटनास्थलमा पुगेर उद्धारको काम अझै जारी रहेको बताएका छन् । राष्ट्रपति बाइडनले गभर्नर रोन डिसान्टिसबाट सङ्कटकाल घोषणा आफूले कुरिरहेको र फीमा भनिने सङ्घीय आपत्तकालीन व्यवस्थापन निकायका अधिकारीहरू घटनास्थलमा पुगेको जनाए ।