काठमाडौं २९ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उठेर दुई कदम पनि हिँडन नसक्नेहरुले निर्वाचनको लागि टिकट मागिरहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा अध्यक्ष नेपालले पार्टीमा टिक व्यवस्थापन गर्न निकै गाह्रो भइरहेको भन्दै सो बताएका हुन् ।
उठेर दुई कदम पनि हिँडन नसक्नेहरुलाई पनि टिकट चाहिएको छ नेपालले अघि भने , उठेर दुई कदम हिँड्न सक्दैन, बुढो भइसक्यो । तैपनि मर्ने बेलामा एकचोटी त पाऊँ भन्छन् ।’
निर्वाचनको लागि को काबिल छन्, को काबिल छैन भन्ने छुट्टयाउने आधार पनि बनाउन नसकिएको अध्यक्ष नेपालले बताए ।
टिकट व्यवस्थापन गर्न पार्टीलाई निकै समस्या भइरहेको छ अब टिकट नपाएर को कता फेन्ट हुने हो थाहा छैन :माधव नेपाल
काठमाडौं २९ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा टिकट व्यवस्थापन गर्न गाह्रो भएको बताएका छन् ।
बुधवार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीलाई निकै समस्या भइरहेको बताएका छन् ।
अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा नभएको बताएका अध्यक्ष नेपालले भने , ‘अब मंसिर ४ गते चुनाव हुन गइरहेको छ। सबैलाई टिकट चाहिएको छ। अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन। भनेपछि चाहना हेर्ने हो भने आकाशिएको छ। सबै एकदम काबिल भएर आएका छन्। को काबिल, को काबिल छैनरु त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं। नगरेपनि हुन्थ्यो नि दावा भन्ने पनि चर्को दाबी गरिरहेका छन्। उठेर दुई कदम हिँड्नसक्दैन बिचरा बुढो भइसक्यो। तैपनि मर्ने बेलामा एकचोटी त पाउँ, अरु केही भएन भने नाम भएपनि त्यहाँ टाँसिन पाउँ। के होला, कस्तो गाह्रो?’
पार्टीका नेता, कार्यकर्ताहरूलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि नेपालले आग्रह गरे ।