घुस लिएको आरोपमा कर अधिकृत ढकालविरुद्ध भ्रष्टाचार मुद्दा — OSNepal

घुस लिएको आरोपमा कर अधिकृत ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

LC (KTM) June 25, 2021 0

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख ५० हजार घुस लिएका अभियोगमा आन्तरिक राजश्व कार्यालय धनुषाका कर अधिकृत रमेश ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनका लागि घुस माग गरेको सूचनाका आधारमा आयोगको कार्यालय, बर्दिबासबाट गएको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो ।आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ढकालविरुद्ध बिगोबमोजिम कारवाहीको माग गरिएको छ ।

बागलुङका स्थानीय तहले ल्याए बजेट- यहाँका स्थानीय तहले आव २०७८÷७९ को बजेट आज सार्वजनिक गरेका छन् । दश स्थानीय तहमध्ये बरेङ गाउँपालिकाले भने गत सोमबार नै बजेट ल्याएको थियो । सबैभन्दा ठूलो बजेट बागलुङ नगरपालिकाले प्रस्तुत गरेको छ । आज आयोजित नवौँ नगरसभामा उपप्रमुख सुरेन्द्र खड्काले रु एक अर्ब पाँच करोडको बजेट प्रस्तुत गर्नुभयो ।

उक्त बजेटमध्ये स्वास्थ्यतर्फ रु सात करोड, कृषिमा रु एक करोड ५९ लाख, पर्यटनतर्फ रु एक करोड १० लाख र युवा स्वरोजगारका लागि रु ५२ लाख विनीयोजन गरिएको छ । यस्तै जैमिनी नगरपालिकाले रु ६४ करोड १३ लाख, ढोरपाटन नगरपालिकाले रु ४४ करोड ४५ लाख, बडिगाड गाउँपालिकाले रु ६२ करोड एक लाख र ताराखोला गाउँपालिकाले रु ३५ करोड ५१ लाखको बजेट सार्वजनिक गरेको हो ।

स्थानीय तहले अधिकांश पुरानै योजनालाई निरन्तरता दिएका छन् । कोभिड–१९ नियन्त्रणका लागि स्वास्थ्य प्रणाली सुधारमा प्राथमिकताका साथ बजेट विनीयोजन गरिएको छ । उत्पादन वृद्धि, स्वरोजागर प्रवद्र्धनलगायत क्षेत्रलाई पनि बजेटले समेटेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर