आज पनि चट्टयाङसहित ‘भारी वर्षा’को सम्भावना, सर्तक रहन आग्रह — OSNepal

आज पनि चट्टयाङसहित ‘भारी वर्षा’को सम्भावना, सर्तक रहन आग्रह

LC (KTM) June 25, 2021 0

काठमाडौँ–आज देशका विभिन्न भागमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको । जल तथा मौसम पूर्वानुमान महाशाखालेमहाशाखाले आज देश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै महाशाखाले हाल देशका अधिकांश भूभागमा सामान्य बदली रहनुका साथै प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

त्यस्तै आज राती पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बांकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले सर्तक रहन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर