काठमाडौं २९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक रहेको बताएका छन् ।
बुधबार लगानी बोर्डको सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
नेपालमा लगानीको आह्वान गर्दै देउवाले सबैलाई सहयोग गर्न तयार रहेको बताउँदै २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरउन्नति गर्न लागेको जानकारी दिए ।
नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्न सकिने भन्दै देउवाले नेपालमा लगानी गर्नेलाई छोटो प्रक्रियाबाट काम गर्न दिइने बताए ।
लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले ३३ वटा प्रोजेक्ट स्वीकृत भएको र जसमा ९ अर्ब डलरबराबरका आयोजना रहेका बताए ।