काठमाडौं २९ भदौ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक प्रस्तुत् गर्न सिंह दरबारमा बसेको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित छन् ।
समितिमा सो विधेयक पारित गरेर आज बस्ने प्रतिनिधि सभाको बैठकमा पेश गर्ने सरकारको तयारी रहेको छ । जसले गर्दा ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक २ घण्टा पर सारिएको छ ।
केही प्रावधानमा दलहरुबीच सहमति जुट्न हुन सकेको छैन । विधेयकमा एमालेले द्वन्द्वकालीन समयका घटनाका हत्यालाई गम्भीर मानव अधिकार उलंघनभित्र राखेर परिभाषित गर्नुपर्ने प्रस्ताव राखेपछि सो विषयमा छलफल गर्न अध्यक्ष प्रचण्ड पनि सहभागी भएका हुन् ।
हाल यो समितिका सदस्य समेत रहेका प्रचण्डको यो पहिलो कानुन समितिको बैठक हो ।