इन्द्रबहादुर दुरा पहिला नेपाल पुलिसमा जागिर खान्थे । अहिले उनले आफ्नै गाउँठाउँमा बाख्रा पाल्दै पाएका छन् । नेपाल प्रहरीको जागिर छोडेर उनले व्यवसायिक बाख्रा पालन रोजेका हुन् । बाख्रा पालेरै उनको अहिले घरपरिवार चलेको छ ।
घर नजिकै जंगल भएकाले पनि बाख्रा पालन व्यवसाय रोजेको इन्द्रबहादुर दुराको भनाइ छ । दुरा चितवनको माडी नगरपालिका वडा नम्वर ९ जेठीबगहीका स्थानीय बासिन्दा हुन् । बाख्रा चराउन जंगल गएको बेलामा बाघसँग लडेको उनको अनुभव छ ।
प्रकृया पुरा गरेर बाख्रा पालन व्यवसायमा लाग्ने हो भने घरखर्च सजिलै चलाउने सकिने उनी बताउछन् । दुराले अहिले ३६ वटा बाख्रा पालेका छन् । बिहान उठेदेखि बेलुका सुत्नभन्दा अगाडीसम्म उनको समय सबै बाख्रासँगै बित्ने गरेको छ ।