काठमाडौं २८ भदौ । मंसिर ४ हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको लागि हुने निर्वाचनको लागि निर्वाचन आयोगले १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ ।
आयोगले निर्वाचनमा भाग लिने १२ दललाई छलफलको लागि बोलाएको हो ।
आयोगले निर्वाचन आचारसंहितालगायत समसामयिक विषयमा छलफलका लागि दलहरुलाई बुधबार मध्याह्न १२ बजे बोलाएको छ ।
यस अघि भने आयोगले दलका प्रतिनिधिसँग छलफल गरिएको थियो ।